भर्खरै : Sorry, your browser does not support inline SVG.

बुधबार नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिने

बुधबार नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिने

काठमाडाैं । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले बुधबार शपथ लिने भएका छन् । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीको शपथग्रहण बुधबार हुने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ९ः५० मा शपथग्रहणको कार्यक्रम राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.