भर्खरै : Sorry, your browser does not support inline SVG.

चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प बझाङको दौलीचौर केन्द्रविन्दु भएर गयो

चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प बझाङको दौलीचौर केन्द्रविन्दु भएर गयो

बझाङ । बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर वरपर केन्द्रविन्दु भएर बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको हो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.