भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बेपत्ता भएको २३ दिनपछि शव फेला

बेपत्ता भएको २३ दिनपछि शव फेला

डोटी । गत जेठ २८ गते घरबाट एकाएक बेपत्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने २७ वर्षीय टीकाराम भट्टको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफँटका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार घरबाटै हराएका भट्टको शव २३ दिनपछि आज शिखर नरपालिका–६ मा रहेको खनकट्टे सामुदायिक वनको भुरीइजरमा भेटिएको हो ।

भट्टको शव सडेको अवस्थामा गोरु गोठालाले भेटेका थिए । घटनाबारे जानकारी प्राप्त भएलगतै प्रहरी घटना स्थलमा पुगी आवश्यक मुचुल्का तयार पारीरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उहाँका अनुसार घटनाका विषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनका आधारमा आफन्तले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.