भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

बैतडीमा ट्याक्टर दुर्घटना हुुँदा चालकको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुुँदा चालकको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशकाे बैतडीमा  ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिनुुभयो ।

सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा दुर्घटनामा परेको हो । सिल्लेगडाबाट सरिया सिमन्ट बोकेर कुुकुुडेपानीतर्फ जाँदै गरेको ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेको खोचलेक प्रहरी चौकीले जनाएको छ । उक्त ट्याक्टरमा अन्य चार जना पनि सवार रहेका भए पनि उनीहरु सकुशल रहेका प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । ट्याक्टर सडकमै पल्टेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.