भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

बोइङको ७३७ म्याक्समाथिको प्रतिबन्ध हट्दै

बोइङको ७३७ म्याक्समाथिको प्रतिबन्ध हट्दै

काठमाडौं । बोइङ ७३७ म्याक्स मोडलको विमानमाथिको प्रतिबन्ध अस्ट्रेलियाली हावाई नियामकले हटाउने निर्णय गरेको छ । अस्ट्रेलियाले पछिल्लो दुई वर्षयता सो मोडलको विमान उडानमा प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्ध हटेसँगै यो मोडलको विमानमा प्रतिबन्ध हटाउने अस्ट्रेलिया एसिया प्यासिफिकको पहिलो मुलुक बन्नेछ ।

सिभिल एभिएसन सेफ्टी अथोरिटी अस्ट्रेलियाका प्रमुख ग्राइमे क्रफोर्डले भने, हामी विश्वस्त छौं कि यो विमान सुरक्षित छ ।’ अस्ट्रेलियाका कुनै पनि एयरलाइन्स कम्पनीहरुले यो मोडलको विमान प्रयोग गरेका छैनन् । फिजी एयरवेज र सिंगापुर एयरलाइन्सले यो मोडलको विमानबाट अस्ट्रेलियाको उडान भर्दै आइरहेका छन् ।

यो विमानलाई कहिलेबाट अनुमति दिने भन्ने खुलाइएको छैन । कोरोना महामारी नियन्त्रणका लागि भन्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय भ्रमणमा रोक लगाएको छ । फिजी र सिंगापुर एयरलाइन्सले पनि घरेलु मुलुकबाट विमानको उडानको लागि अनुमति लिनुपर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.