भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

भक्तपुरमा होम आइसोलेसनमा बिसेका एक संक्रमितको मृत्यु

भक्तपुरमा होम आइसोलेसनमा बिसेका एक संक्रमितको मृत्यु

भक्तपुर । हाेम आइसोलेसनमा बिसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हाे ।

भदौ ११ गते पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उनकाे मृत्यु भएकाे वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

भक्तपुरमा याे पहिलो पटक होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएको हो । भक्तपुरमा अहिले सम्म कोरोनाबाट ७ जनाको मृत्यु भएकाे तथ्याङ्क छ ।

 


Thali Mobile Pvt.Ltd.