भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

स्कुलको कोठा भित्र एक महिलाकाे सामूहिक बलात्कार

स्कुलको कोठा भित्र एक महिलाकाे सामूहिक बलात्कार

नयाँदिल्ली । भारतको जयपुरस्थित माधोपुरमा रहेको एक स्कुलमा एक महिलालाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार लकडाउनका कारण सोही ठाउँमा थुनिएकी ती महिला अप्रिल २४ को बिहान स्कुलमै बलात्कृत भएकी हुन् । बिहीबार उनी लकडाउन उल्लंघन गर्दै जयपुर जान खोजेकी थिइन् । तर तीन जनाले उनलाई बिहान सवेरै बलात्कार गरेका हुन् । घटनापछि ती महिलाले स्थानीय प्रहरीकहाँ पुगेर मुद्धा दर्ता गरेकी छन् ।

आरोपित तीनजना अहिले पक्राउ परेका छन् । ती महिला जयपुरकै दउसास्थित जेलमा आफ्नो छोरालाई भेट्न जाँदै गरेकी थिइन् । तर लकडाउनका कारण उनले यात्रा गर्न नपाएपछि तीन युवकले बलात्कार गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.