भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

३ सय २९ वर्ष पुरानो नगरा संरक्षणमा भक्तपुर नगरपालिका

३ सय २९ वर्ष पुरानो नगरा संरक्षणमा भक्तपुर नगरपालिका

भक्तपुर । इतिहास खाेतल्दै भक्तपुर नगरपालिकाले ३ स २९ वर्ष पुरानो नगरा पुनःस्थापित गर्दै नगरवासीमाझ ल्याएकाे छ । नेपाल भ्रमण वर्ष २०२० को सुअवसरमा भक्तपुर नगरपालिकाले दरबार क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको ३ सय २९ वर्ष पुरानो दुईवटा ठूलो ऐतिहासिक नगरा (दमाहा)लाई सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहा सत्तल (तबा सत्तल) मा  पुनःस्थापित गरेको हो ।

बिहीबार नगरपालिकाको तर्फबाट मर्मत सम्भार गरिएका ती नगरालाई एक कार्यक्रमबीच ताहा सत्तल (तबा सत्तल) को पहिलो तल्लाको पश्चिमी भागमा सुरक्षित रुपमा पुनःस्थापना गरिएको छ । नगरा पुनःस्थापना कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई थाहा दिन पहिलेकै ठाउँमा पुनःस्थापना गरिएको बताए ।

राजा जितामित्रको पालामा तलेजु भवानीलाई चढाइएको साे नगरा पुनःस्थापना गर्नुका साथै सुरक्षित राखी नगरा बजाउने व्यवस्था गरी यसलाई जीवन्तता प्रदान गर्ने सोचमा नगरपालिका  रहेको प्रजापतिकाे भनाइ छ। त्यस्तै भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले पुर्खाले छोडेको सम्पत्ति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुको औचित्यबारे प्रस्ट पार्दै ऐतिहासिक नगराको उचित उपयोगको आवश्यकता रहेको बताइन् ।

लामो समयदेखि तलेजु परिसरमा रहेका नगराहरू विगतमा ताहा सत्तलमा राखिएको इतिहास भएको उल्लेख गर्दै आन्तरिक र बाह्य पर्यटकहरूको लागि नगराको विषयमा जानकारी दिनु आवश्यक रहेको दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सरस्वती सिंहले बताइन् ।

कार्यक्रममा संस्कृतिकविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर नगरभित्रका मूर्त–अमूर्त सम्पदा संरक्षणमा नगरपालिकाले अग्रणी भूमिका खेलेको चर्चा गर्दै धार्मिक र सांस्कृतिक जीवनको झलक दिने ऐतिहासिक नगराको महत्वबारे प्रस्ट पारे। त्यस्तै कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले लामो इतिहास बोकेका नगराहरूलाई भक्तपुर नपाले पुनःस्थापित गर्ने कार्य गरिरहेको बताए ।

नेपाल भ्रमण वर्षको अवसरमा भक्तपुर नगरपालिकाले पुस १५ गते गते सन्ध्याकालीन पदयात्रा र पुस १६ (जनवरी १) मा प्रभातफेरी कार्यक्रम गर्ने योजना रहेको बताएकाे छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, पुरातत्व विभागका पुरातत्व अधिकृत मोहनसिंह लामा, प्रहरी उपरीक्षक सबिन प्रधान, वीरदल गणका लेनिन रोक्कामगर, इतिहासविद् प्रा. विश्वमोहन जोशी, भक्तपुर नगरका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला लगायतको सहभागिता रहेको थियो ।