भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भक्तपुरमा नेमकिपाका उम्मेदवार भारी मतका साथ विजयी

भक्तपुरमा नेमकिपाका उम्मेदवार भारी मतका साथ विजयी

भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण उम्मेदवारहरु नै विजयी भएका छन् । नगर प्रमुखका उम्मेदवार सुनिल प्रजापति कूल २९ हजार २ सय मत ल्याएर निर्वाचित भएका हुन् ।

निर्वाचित प्रजापतिका निकटतम प्रतिस्पर्धी रामप्रसाद कासुलालाई २५ हजार मतान्तरले जितेका हुन् । कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ३ सय ५२ मत पाएका छन् । तेश्रो स्थानमा रहेका एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ६ सय ६७ मत पाएका छन् ।

त्यसैगरी उप–प्रमुखमा नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार रजनी जोशी दोस्रो कार्यकालका लागि फेरी पनि निर्वाचित भएकी छिन् । जोशीले २९ हजार ६९५ मत प्राप्त गरिन । उपप्रमुखमा एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय २४ मत र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत ल्याए । भक्तपुर नगरपालिकाका सबै वडाहरूमा समेत नेमकिपाकाे प्यानल नै भारी मतका साथ विजयी भएकाे हाे ।

 


Thali Mobile Pvt.Ltd.