भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भाइरल ज्वरोका बिरामी वृद्धि

भाइरल ज्वरोका बिरामी वृद्धि

रोल्पा । कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् ।

जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको बताइन्छ । “ज्वरो र रुघाखोकीबाट ग्रस्त उनीहरुमा भाइरल ज्वरो र निमोनियाजस्तो जटिल समस्यासमेत देखिने गरेको छ”, उहाँको भनाइ थियो । “जिल्ला अस्पतलामा दिनहुँ १०–१२ का दरले झाडापखाला र आउँका बिरामीसमेत आउने गरेका छन् । बर्सात्को समयमा दूषित पानी पिउने गरेका कारण झाडापखाला र आउँका बिरामी बढिरहेका छन्”, डा. वलीले भन्नुभयो ।

ज्वरो र रुघाखोकीबाट ग्रस्त बिरामीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिने गरेका कारण उनीहरु त्रस्त भएका हुन् । “एक्कासि हनहनी ज्वरो आएपछि कोरोनाको आशङ्कामा आत्तिएर अस्पताल पुगैँ”, रोल्पा नगरपालिका–२ का भरत महराले भन्नुभयो, “कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिम आयो”। ज्वरो आउने, टाउको दुख्ने तथा रुघाखोकी लाग्ने समस्या देखिँदा कोरोनाको आशङ्कामा परिवार तथा छरछिमेकमा समेत त्रास सिर्जना गरेको छ”, महराले भन्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.