भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ एनडीएको अग्रता

भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ एनडीएको अग्रता

भारत । भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको एनडीएले अग्रता लिएको छ । केहीबेर अघिको विवरणअनुसार एनडीएले दुई सय ९२ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै कंग्रेस नेतृत्वको ईन्डिया गठबन्धन दुई सय ३७ सिटमा अगाडि छ । कंग्रेससहितका केही दल मिलेर इन्डिया गठबन्धन बनाएका थिए । अन्य दल १४ सिटमा अगाडि रहेका भारतीय निर्वाचन आयोगलाई उद्धृत गरी इन्डिया टिभीले जनाएको छ ।

५ सय ४२ लोकसभा सिटको मतगणना अहिले भइरहेको हो । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसकेका थिए । त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो नाम फिर्ता लिएका थिए । सम्पूर्ण नतिजा आएसँगै अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो पनि लाग्नेछ ।

पाँच सय ४३ सदस्यीय लोकसभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ । गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात चरणमा गरी गएको शनिवार सकिएको थियो । लगत्तै सार्वजनिक भएको एक्जिट पोलअनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने प्रारम्भिक अनुमान गरिएको थियो । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.