भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भीम रावलको पीएचडी नक्कली: डा.बाबुराम भट्टराई

भीम रावलको पीएचडी नक्कली: डा.बाबुराम भट्टराई

काठमाडौं । डा. भीम रावलको पीएचडी नक्कली हो कि भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आशंका गरेका छन्। गएराति सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन्।

भट्टरईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति जनाउँदै आशंका गरेका हुन्।

डा भट्टराईले लेखे, ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

रावलले एमसीसीको विषयमा लेखेको पत्रमा बाबुरामले गोप्य सम्झौता गरेको आरोप लगाएका थिए। आफूमाथि यस्तो आरोप लागेपछि भट्टराईले यस्तो आशंका व्यक्त गरेका हुन्।

 


Thali Mobile Pvt.Ltd.