तनहुँ । मौन अवधिमा बन्दीपुर गाउँपालिका वडानम्बर ५ मा बाँड्न लागिएको ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार राति यम्पा भन्ने स्थानबाट बाँड्ने तयारी गरिरहेका बेला ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाँड्ने तयारी गरेकोबेला वाईसीएलले चामल नियन्त्रणमा लिएर प्रहरीलाई सूचना दिएको थियो ।
चामल बाँड्न लागेको सूचना पाएपछि यम्पा पुगेको प्रहरीले चामद बरामद गरेको हो । चामल कुन पार्टीले बाँड्न लागेको हो भन्ने कुरा प्रहरीले खुलाएको छैन ।
