भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

मंसिर २८ गते संसद्को हिउँदे अधिवेशन, एमालेको अवरोध कायमै रहने

मंसिर २८ गते संसद्को हिउँदे अधिवेशन, एमालेको अवरोध कायमै रहने

काठमाडौं । संसद्को हिउँदे अधिवेशन मङ्सिर २८ गतेदेखि सुरु हुने भएको छ । अघिल्लो अधिवेशन विधायिकी प्रक्रिया अघि बढाउन संसद् असफल भएको थियो ।

सङ्घीय संसद्मा अहिले पनि ५७ विधेयक विचाराधीन अवस्थामा छन् । अघिल्लो अधिवेशनमा एउटा पनि कानुन तर्जुमा नगरी अधिवेशन अन्त्य गरिएको थियो भने प्रतिपक्षी एमालेको अवरोध कायमै थियो । एमालेकै कारण अवरुद्ध भएको अधिवेशन कात्तिक १२ गते अन्त्य गरिएको थियो ।

अहिले हुने आउँदो अधिवेशनमा पनि संसद अधिवेशन चल्न नदिने अडान एमालेले दोहो–याएको छ । कानुन तर्जुमाको अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशनका लागि सङ्घीय संसद्मा ५७ विधेयक विचाराधीन रहेको सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले बताए। प्रतिनिधि सभामा ४४ र राष्ट्रिय सभामा १३ विधेयक छन् ।

विधेयकमध्ये दर्ता तथा सदस्यहरूलाई वितरण मात्र भएका १५ विधेयक छन् । जसमा प्रतिनिधि सभामा १२ र राष्ट्रिय सभामा ३ वटा छन् ।

 


Thali Mobile Pvt.Ltd.