भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मकवानपुर सवारी दुर्घटनामा नौ जना घाइते, चालक प्रहरी नियन्त्रणमा

मकवानपुर सवारी दुर्घटनामा नौ जना घाइते, चालक प्रहरी नियन्त्रणमा

मकवानपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन् ।

विरगंजबाट काठमाण्डौतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस ‍आज बिहान एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै सवारीका नौ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई प्रहरीले उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल पठाएको छ । घाइतेको नाम खुल्न बाँकि रहेको छ भने दुवै सावारी र चालक प्रहरी नियन्त्रणमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.