भर्खरै : Sorry, your browser does not support inline SVG.

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध वनस्पति बरामद

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध वनस्पति बरामद

किमाथाङ्का, । सङ्खुवासभाको मकालु गाउँपालिका–३ उत्तर दक्षिण कोशी राजमार्गबाट प्रहरीले अवैध वनस्पति बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हेदाङ्नाले भोटखोला गाउँपालिकाको च्याम्ताङबाट खाँदबारीतर्फ ल्याउँदै गरेको ना७त ५६२१ नम्बरको ट्र्याक्टरसहित अवैध वनस्पति धुपी र पाखनबेद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको मकालु–३ बाट प्रहरीले अवैध वनस्पति आठ बोरा धुपी, तीन बोरा पाखनबेद बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । प्रहरीले ट्र्याक्टर चालक खाँदबारी– ३ का अनिल दर्जीलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाएको प्रहरी निरीक्षक अधिकारीले बताए।

 


Thali Mobile Pvt.Ltd.