भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

मकै जोगाउन रातमा जाग्राम

मकै जोगाउन रातमा जाग्राम

डोटी । जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा रातिका समयमा स्याल, बँदेल र दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका हुन् । यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, आर्शद, सायल, मौवा, कपल्लेकी, मुडभारा, फन्नी, मजलकटिया, तलिगाउँ, दल्ल, धामीगाउँलगायतका क्षेत्रमा जनावरले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।

बाँदर धपाए पनि राति आउने स्याल, बँदेल र दुम्सीले गर्दा किसानले राति जाग्राम बस्नुपरेको केआइसिंह–५ तलिगाउँका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “दिँउसो सबै मिलेर बाँदर त धपाउने गरेका छौँ, राति आउने जङ्गली जनावरले बाली खाएर निकै दुःख दिएको छ, हामी त निकै हैरानी भइसक्यौँ ।”यहाँका खप्तड राष्ट्रिय निकुञ्ज तथा महाभारतको लेक भनेर चिनिने तेलेलेकबाट आउने बँदेलको झुण्डले अन्नबालीमा सबैभन्दा बढी नोक्सान गर्ने गरेको जोरायल गाउँपालिका–५ का भरत सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राति बँदेल हुलकाहुल बनाएर आउँछन्, धपाउँदा पनि भाग्दैनन, सबै बाली खाएर नोक्सान गर्ने गरेका छन् ।”डिभिजन वन कार्यालयले जङ्गली जनावरले मान्छेलाई हानी–नोक्सानी तथा ज्यान लिएमा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बालीनाली नोक्सानी गरेमा क्षतिपूर्ति दिने व्यवस्था नभएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.