भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

मतपत्र ढुवानी शुरू, प्रत्यक्षको छपाइ आजबाट हुँदै

मतपत्र ढुवानी शुरू, प्रत्यक्षको छपाइ आजबाट हुँदै

काठमाडौं । निर्वाचन आयोगले बिहीबारबाट मतपत्र ढुवानी शुरू गरेको छ । आयोगले मतपत्र ढुवानी आयोग र नेपाली सेनाको उच्च स्तरीय टोलीको बैठकपछि शुरू गरेएको हो । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गरेको ४ करोड थान मतपत्र सोही स्थानबाट ढुवानी हुनेछ ।

जनक शिक्षाले मतपत्र छपाइसँगै प्याकिङ गरेको थियो । प्याकिङ भएका मतपत्र नेपाली सेनाको स्कटिङमा निर्वाचन आयोगका प्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पु¥याउने व्यवस्था गरिएको छ । हिजो जनक शिक्षामा जनक शिक्षा, निर्वाचन आयोगका अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बैठकलगत्तै मतपत्र ढुवानी शुरू गरिएको हो ।

जनक शिक्षाका अनुसार मतपत्र ढुवानी गर्न कम्तीमा पनि दुई साता लाग्ने अनुमान गरिएको छ । आयोगले हिमाली जिल्लाका मनाङ, मुस्ताङ, मुगुलगायतका जिल्लामा हेलिकोप्टरबाट ढुवानी गर्नेछ । बाँकी जिल्लामा सेनाको स्कटिङका साथ सवारी साधनले ढुवानी गर्नेछ ।

जिल्लामा रहेको मुख्य निर्वाचन कार्यालयमा पु¥याएको मतपत्र सो कार्यालयले मतदान केन्द्रमा पु¥याउने व्यवस्था गर्नेछ । जनक शिक्षाले आयोगका कर्मचारीको सहयोगमा मतदाता संख्याको आधारमा प्याकिङ सम्पन्न गरेको छ ।

यसैबीच जनक शिक्षाले आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाइ गर्ने भएको छ । दशैंअघि सामानुपातिकतर्फको ४ करोड मतपत्र छपाइ पूरा गरेको केन्द्रले प्रत्यक्षतर्फको छपाइ शुरू गर्न लागेको हो । केन्द्रले करिब एक महिना लगाएर समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.