काठमाडौं । सरकारले पाँचवटा मदिरा उद्योगको क्षमता विस्तार गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले मदिरा उद्योगको क्षमता वृद्धि र एउटा उद्योगको म्याद थप गर्ने निर्णय गरेको हो ।
ती उद्योगमा छिन्नमस्ता डिस्टिलरी, न्यु एभरेस्ट डिस्टिलरीलगायत रहेका छन् । त्यस्तै, दशवटा क्रसर उद्योगलाई पनि सञ्चालनको अनुमति दिने सैद्धान्तिक निर्णय भएको छ ।
बिहीबारको बोर्ड बैठकले केही मदिरा उद्योगको क्षमता तथा पुँजी वृद्धि र केही क्रसर उद्योग सञ्चालन अनुमति दिने विषयमा छलफल भएको उनको भनाइ छ ।
