काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोल, मट्टितेल र हवाइ इन्धनको मूल्य नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी घटाएको हो। निगमले घटाएको मूल्य अनुसार तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५ र१४७.५ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ र १४९ रुपैयाँ पर्नेछ। हवाइ इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको हो। खाना पकाउने (एलपी) ग्यासको मूल्य यथावत्छनै रहेको नेपाल आयल निगमले जनाएको छ।
निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ र ५ रुपैयाँ मूल्य घटाएको छ भने तराईमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ । सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । घटाएको मूल्य अनुसार काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० र १५० रुपैयाँ पर्नेछ ।
