भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै | मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने |

मनसुनी वर्षा शुरु भएसँगै झापाका अधिकांश स्थानीय तह डुवान र कटानको चपेटामा

मनसुनी वर्षा शुरु भएसँगै झापाका अधिकांश स्थानीय तह डुवान र कटानको चपेटामा

झापा । कोरोना महामारीका सामना गरिरहेका झापाका स्थानीय तहले बाढीका कारण उत्पन्न हुन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् । मनसुनी वर्षा शुरु भएसँगै झापाका अधिकांश स्थानीय तह डुवान र कटानको चपेटामा पर्ने भएकाले क्षति न्यूनीकरण र रोकथामका लागि आवश्यक स्रोत साधानको व्यवस्थापनमा लागिसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

जिल्लामा कनकाई, विरिङ, रतुवा, कमल, निन्दा, मेचीलगायत २८ वटा साना ठूला नदीहरु रहेका छन् । हिउँदमा साना देखिए पनि वर्षायाममा बाढी आउँदा यी नदीबाट विगतमा ठूलो धनजनको क्षति हुँदै आएको छ । बाढी र कटानबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि स्थानीय तहहरुलाई पर्याप्त स्रोत साधानको व्यवस्था गर्न, त्यस क्षेत्रका बासिन्दालाई उद्धार गरेर सुरक्षित बासस्थानलगायत आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न आग्रह गरिसकेको प्रजिअ तिम्सिनाले बताए ।

जिल्लाको उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रमा बढी डुवान र कटान हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताए । उहाँले विगतमा झै यसवर्ष पनि झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी गाउँपालिकामा पानीको निकास हुने ठाउँ नहुँदा बढी डुवानको जोखिममा रहेको बताए । उहाँका अनुसार कमल, विरिङ र रतुवा खोलाले शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका विभिन्न स्थानमा कटान गरी सयौं परिवार विस्थापित हुने अवस्था छ ।

रेडक्रसले बाढी पूर्वतयारी प्रतिकार्य योजना बारे स्थानीय तहरुलाई जानकारी गराउने तयारी गरेको छ । सभापति ढकालले जिल्लामा बाढी आएको खण्डमा प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिनका लागि चार प्रकारले पूर्व सूचना प्रणालीको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले बाढी आउनुभन्दा ६८, ४८, २४ र तीन घण्टा अगाडि नै सो क्षेत्रका बासिन्दालाई जानकारी दिइने गरेको बताउनुभयो ।

तीन घण्टा अघि दिइने सूचनापछि सम्बन्धित क्षेत्रका बासिन्दालाई स्थानीय तहहरुले स्थापना गरेका सुरक्षित स्थानहरु, विद्यालय, रेडक्रस भवन तथा सार्वजनिक भवनहरुमा सारिन्छ । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले बाढी प्रभावित क्षेत्रहरुमा रु। २० लाख बजेट नै छुट्याएर काम भइरहेको बताउनुभयो । उहाँले गाउँपालिकाका वडा नम्बर १,२,३ कमल खोलामा आउने बाढीका कारण डुबानमा पर्ने र वडा नम्बर ५,६,७ मा रतुवा खोलाले कटान गर्ने हुँदा आवश्यक तयारीमा जुटेको बताउनुभयो ।

उहाँले जनताको तटबन्धले कमल र रतुवा खोलाका केही स्थानमा बाँध बाँध्ने काम भइरहेको जानकारी दिनुभयो । “खोला पस्ने स्थानहरुको पहिचान गरेर बाँसको टाँटीद्वारा बैकल्पिक बाँध बाँध्ने काम विभिन्न वडाहरुले गरिरहेका छन्”, अध्यक्ष काफ्लेले भन्नुभयो, “प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गरिरहेका छौं ।”त्यसैगरी, गौरीगञ्ज गाउँपालिकाले नदीमा पानीको वहाव बढेसँगै विभिन्न वडाहरु डुबानमा पर्ने हुँदा स्थानीयवासीको उद्धारका लागि आवश्यक सुरक्षा सामग्री रबर बोर्ट र लाइफ ज्याकेटको समेत व्यवस्था गरिसकेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.