भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मनोचिकित्सकको राष्ट्रिय सम्मेलन विराटनगरमा

मनोचिकित्सकको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ, । मानसिक रोगका कारण स्वास्थ्यमा आउने चुनौती र त्यसको निदान तथा उपचार सेवालाई थप प्रभावकारी बनाउन मनोचिकित्सकहरूको आठौँ राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।मनोचिकित्सक सङ्घ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रा डा नवराज कोइरालाले बिहीबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी कात्तिक ११ देखि १३ गतेसम्म हुने सम्मेलनमा स्वदेशसहित १८ विभिन्न राष्ट्रका गरी ३०० मनोचिकित्सकको सहभागिता रहने जानकारी दिए ।

उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सीप आर्जन गरी मानसिक रोगीलाई छिटोछरितोरूपमा सेवा पु¥याउन सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनमा सहभागी चिकित्सकबीच मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी तथा मानसिक स्वास्थ्यमा देखिने चुनौती र अवसरका विषयमा छलफल हुने संयोजक प्रा.डा. कोइरालाले बताए। सम्मेलनमा ३२ कार्यपत्र प्रस्तुत हुनाका साथै मानसिक स्वास्थ्यमा पत्रकारिताका विषयमा पत्रकारसँग तथा मानसिक स्वास्थ्यका विषयमा बनाइने नीति निर्माणमा कानुनविज्ञसँग सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनबाट आएका सुझावलाई बुँदागतरूपमा सरकारसमक्ष प्रस्तुत गरिने जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार विश्वका हरेक १०० व्यक्तिमध्ये १५ देखि २० जनामा मानसिक रोगको असर देखिने गरेको छ । विराटनगर अस्पताल तथा विराट चिकित्सक शिक्षण अस्पतालका निर्देशक डा ज्ञानेन्द्रमान सिंह कार्कीले सम्मेलनलाई सफल बनाउन सबैसँग आग्रह गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.