भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

मन्त्रीका पीएसओको शंकास्पद मृत्यु, जाहेरीसहित परिवारले

मन्त्रीका पीएसओको शंकास्पद मृत्यु, जाहेरीसहित परिवारले

काठमाडौं । मन्त्रीका पीएसओको मृत्यु शंकास्पद भएपछि परिवारले प्रहरीमा जाहेरी दिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालका पीएसओ यमबहादुर सुवेदीको मृत्यु शंकास्पद देखिएको भन्दै मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका हुन् ।

४२ वर्षीय असई सुवेदी मंगलबार हेटौंडा उपमहानगरपालिका(११ को पुण्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको भन्दै उनको परिवारले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका हुन् ।

आफूले लगाएको पेटीमा झुण्डिएको देखिए पनि उनको शरीरको आधा भाग जमिनमा लत्रिएको र शरीरको विभिन्न भागमा नीलडाम तथा कुटपिटका निशानी देखिएको भन्दै परिवारले अनुसन्धान गर्न निवेदन दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.