भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मन्त्री बन्ने चर्चामा कर्णालीबाट पार्वती विसुंखे

मन्त्री बन्ने चर्चामा कर्णालीबाट पार्वती विसुंखे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने तयारी गरेसंगै कर्णालीबाट पार्वती विसुंखेको चर्चा चलेको छ ।

मन्त्री नियुक्तीमा ढिलाई गरेका प्रधानमन्त्री ओलीले अबको केहि दिनमै मन्त्रीमण्डललाई पूर्णता दिने तयारी थालेसंगै दलित समुदायलाई पनि समेटिने चर्चा वालुवाटार चलेको स्रोतले बतायो । पार्टीभित्रको विवादलाई समाधान गर्नपनि मन्त्री मण्डल बिस्तारमा केही हेरफेर गरिने स्रोतको दावी छ ।

शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार लगायतका महत्वपूर्ण मन्त्रालय छन् ।

 


Thali Mobile Pvt.Ltd.