भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

प्रचण्ड ओलीको कार्यकर्ता बन्दा कसरी लाल थिए ?: ढुंगेल

प्रचण्ड ओलीको कार्यकर्ता बन्दा कसरी लाल थिए ?: ढुंगेल

साथीहरू म मल बनेर मुला सपार्नु भन्दा जीवन खोज्नु पर्छ भनेर जीवन खोजिरहेछु । तपाईंहरुले मेरा लागि खर्चिनु भएको माया, सद्भाव, सहयोग र समयलाई मात्रै हिसाब नगर्नु होला ।

मैले गरेको योगदान , मैले बेहोरेको अपमान, मैले भोगेको यातना, दुष्मनको यातना र लुट मात्रै होइन आफ्ना भनिएका, भनाइएका, बनेका र बनाइएकाबाट लुटिदा समेत मैले तपाईंहरुको विश्वास टुट्न नदिन नखपेको हैन तर म आज तपाईंहरु संगछैन । मलाई सराप्नु अघि कमरेड प्रचण्डलाई सोधनुस्, बालकृष्ण किन हामीसंग रहेनन् ?

किन लार्क्याल लामा हाम्रा हुँदा बालकृष्ण र बालकृष्णहरु लखेटिएका छन ? किन उनी हाम्रा रहेनन् ? एकपटक सोध्नुस् । मेरालागि होइन तपाईहरु म जस्तै नहुनलाई पनि सोध्नुस् । तपाईंहरुले मेरो दिन भोग्नु नपरोस् । मृतक होइन सहिद, द्वन्द्व होइन युद्ध, अपराधि होइन योद्धा बनाउन सफल बन्नुस् । अयोग्य होइन योग्य बनाउन र बन्न पनि पहिला नै सोध्नुस् । जनयुद्धको पहिलो सहिद देखिन अन्तिम सहिद सबै मृतक बनेजस्तो अब के बनिन्छ ? सोध्नुस् ।

सहिदको रगतले मलाई होइन मृतक बनाउनेलाई सरापि रहेछ र सरापि रहनेछ । हो तेहि कुरा प्रचण्डलाई सोधेको राम्रो । प्रचण्ड ओलीको कार्यकर्ता बन्दा कसरी लाल थिए ? आज म बन्दा कसरी गद्दार भए ? तपाईंको मापनको कडीले कतै म माथि फेरि अन्याय त भएको छैन ? सम्झनुस् । प्रचण्डको पछि लागेर शेर बहादुर देउवाको चुला चढेनि, लाल कमल थापा बोक्दै हिड्दा पनि, लाल माधवको पछि लाग्दा पनि, लाल रायमाझी आयोगको प्रतिवेदन लुकाउँदा पनि लाल ।

एक पटक आँखा उठाउनुस् र सोध्नुस् रायमाझी आयोगको प्रतिवेदन खोइ ? लोकमान र खिलराजको खेल के हो ? सोध्नुस् । आफु सफल बन्नुस् । मलाई सरापेर आफ्नो इतिहास बनाउने समय खेर नफाल्नुस् । माया गरेर राख्ने र माया गरेर सराप्ने सबैलाई धन्यवाद । तपाईंहरु जस्तै म पनि मेरो जीवन खोजिरहेछु ।

मलाई जेल लाँदा चु गर्न समेत नसक्ने, पार्टी एकता गरेर अपुतली खाने आसमा कुनै कमिटीमा मेरो नाम लेख्न नसक्ने, कमरेड प्रचण्ड अपुतालीको आश टरेपछि र आफ्नो जागिर गएपछि चिसो सडकमा पलेटि कस्दा म साथी बन्न सकिन सरी । साथीहरू अर्कोलाई गद्दार भन्दैमा आफु लाल बनिदैन, लाल बन्ने तिर लाग्नुस् मेरो शुभकामना छ । तपाईं सफल लाल जन प्रिय बन्दा म तपाईंको फ्यान बनुला है त ।

 


Thali Mobile Pvt.Ltd.