भर्खरै : Sorry, your browser does not support inline SVG.
निकुञ्जमा मात्र सीमित छैनन् वन्यजन्तु, आसपासका सामुदायिक वनमा पनि देखिन्छन् | देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जना पक्राउ | घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता | जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने, तराईमा हुस्सु र कुहिरोको सम्भावना | चीन र भारतसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने अमेरिकी प्रस्ताव | गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति |

मल अभावबारे पन्छिए कृषिमन्त्री यादव : दोष जति ठेकदारलाई

मल अभावबारे पन्छिए कृषिमन्त्री यादव : दोष जति ठेकदारलाई

काठमाडौं । रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले आरोप लगाएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा ललितपुरस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा बुधबार गरिएको कार्यक्रममा उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भन्नेबारे सोच्ने बेला भएको बताएका हुन ।

उनले पेट्रोलियम पदार्थ आयात गरेजस्तै गरी मल आयातको व्यवस्था मिलाउन पर्ने बताएका छन् । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै मन्त्री यादवले मेसिन चलाएर धान रोपेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको बताउदै लागेको ठेक्काबाट पनि मल नआएको तर्क गरे । भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिक टन यूरिया मल दिने बताउदै उनले कृषकलाई यूरिया मल अभाव जानकारी दिए ।

सरकारकै लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव भएको भन्दै देशैभर किसानले गुनासो गरिरहेका छन् । बारीको मकै, असारे धान र बिउमा राख्नका लागि मलको चरम अभाव भोगेको किसानहरुको गुनासो रहेको छ । नेपालमा आधिकारिक रुपमा रासायनिक मल आयात गर्न दुई वटा कम्पनीले अनुमति पाएका छन् । तर, मुख्य सिजनमै सधैं मल अभाव हुनुमा यिनै संस्थाको भूमिका महत्वपूर्ण छ ।

पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र अर्ध सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनीले मल आयात गर्छन् । तर, अहिले साल्टसँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग निकै कम मल छ । सरकारले यो वर्ष मल आयातका लागि २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थियो । पहिले बजेटबाटै १५ अर्ब मल खरिदमा छुट्ट्याइएकोमा पछि थप १२ अर्ब रुपैयाँ सरकारले मलका लागि दिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.