भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो । स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरिएको बताए ।

“ कोरोनाको तेस्रो लहर आएपछि बालबालिकालाई बढी प्रभावित गर्ने शङ्का छ”, उहाँले भन्नुभयो, “ यो बेलाफिष्टा भेन्टिलेटर बालबालिकादेखि सबैलाई काम लाग्छ ।”उहाँले आफूहरुको संस्थाले कोरोना कहरमा विभिन्न दातृ निकायसित समन्वय गरेर स्वास्थ्य सामग्री वितरण गरिएको बताए । फाण्डेसनले बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच थान भेन्टिलेटर प्रदान गर्ने कार्यक्रम रहेको छ । सो संस्थालाई अन्तर्राष्ट्रिय बौद्ध संस्था ‘जु ची फाउण्डेसन’ले भेन्टिलर सहयोग गरेको थियो ।

“मुख्य सहयोगी संस्था भनेकै जु ची फाउण्डेसन हो”, वरिष्ठ पत्रकारसमेत रहनुभएका बस्नेतले भन्नुभयो,“हामीले यहाँ सामान मगाउने, वितरण गर्ने लगायतको काममा सहजीकरण गरेको हो ।”थप दुई थान भेन्टिलेटर थपिएसँगै महाकाली अस्पतालमा १४ थान भेन्टिलेटर पुगेको अस्पतालले जनाएको छ । अस्पतालका डा भट्टले पछिल्लो समय कोरोना भाइरसका बिरामीको सङ्ख्या घट्दै गइरहेको जानकारी दिए ।

“सङ्क्रमित आउने र निको भएर जाने क्रम छ”, उहाँले भन्नुभयो,“एक जना सङ्क्रमित मात्रै यहाँ भर्ना भएका छन् ।”कोरोनाको पहिलो र दोस्रो चरणमा गरी कञ्चनपुरमा १९३ जनाले ज्यान गुमाएका थिए । यहाँ बालमैत्री कोभिड श्यया स्थापनाको काम समेत भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.