भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

गण्डकी प्रदेशमा तीन हजार मेट्रिक टन धान क्षति

गण्डकी प्रदेशमा तीन हजार मेट्रिक टन धान क्षति

वालिङ, । गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा तीन हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशमा एक लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालय पोखराका कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिए ।

कृषि अर्थविज्ञ अधिकारीका अनुसार जिल्ला–जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरु र पालिकाहरुबाट सङ्कलन गरिएको विवरणअनुसार गण्डकी प्रदेशमा दुई हजार ३७८ हेक्टर क्षेत्रफलको धान भित्र्याई सकिएको छ । झरी वर्षा र हावाहुरीका कारण ८४३ हेक्टर क्षेत्रफलमा पूर्ण नोक्सानी भएको छ भने सात हजार ११२ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको कृषि अर्थविज्ञ अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गतका जिल्लाहरुमा अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुग्दा अनुमानित रु सतासी लाख ५५ हजार ३९८ मूल्य बराबरको क्षति भएको अनुमान रहेको उनले बताए । जिल्लाजिल्लामा रहेका कृषि ज्ञान केन्द्र र पालिकाहरुसँग तथ्याङ्क सङ्कलन कार्य जारी रहेकाले केही दिनमा वास्तविक क्षतिको विवरण आउने कृषि विकास निर्देशनालय पोखराले जनाएको छ ।

बेमौसमी अविरल वर्षाका कारण पर्वतमा सबैभन्दा धेरै धानबालीमा क्षति पुगेको छ । पर्वतमा ४९०, तनहुँमा ३४८ र कास्कीमा ३४३ हेक्टरमा क्षति पुगेको छ । अन्य जिल्लाहरुमा आंशिक क्षति पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.