भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

महानगरपालिकाले खुलायो छात्रवृत्तिका लागि आवेदन

महानगरपालिकाले खुलायो छात्रवृत्तिका लागि आवेदन

काठमाडौं । कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षाको आवेदन खुलाएको छ । महानगरपालिकाले महानगरपालिका भित्र सञ्चालित विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि पठाउने गरी अनलाईन मार्फत आवेदन मागेको हो ।

आगामी साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म परीक्षा लिइने पनि महानगरले जनाएको छ । उक्त परीक्षामा उत्तीर्ण भएपछि मापदण्डभित्र पर्ने विद्यार्थीहरुलाई निजी कलेजहरुमा छात्रवृत्तिका लागि पठाइने छ ।

बिहीबारदेखि साउन १२ गते राति १२ बजेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी मार्फत अनलाइन आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.