भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

महिला हिंसाका घटना बढे

महिला हिंसाका घटना बढे

बाकेँ । जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय अदालतमा न्यायका लागि लडिरहेका छन् । हाल १९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया चलिरहेको छ ।

विसं २०७७ को भदौमा घरेलु हिंसाका सबैभन्दा बढी घटना दर्ता भएका छन् । भदौमा मात्र ८२ ठाडो उजुरी दर्ता भएका थिए । सबैभन्दा कम भने गत वैशाखमा उजुरी दर्ता भएका छन् । वैशाखमा ३२ मात्र उजुरी दर्ता भएका छन् । त्यस्तै कूल उजुरीमध्ये २४ निवेदक सम्पर्कमै नरहेको तथ्याङ्क छ । हाल विभिन्न बहानामा महिलामाथि हिंसा दिनप्रतिदिन भइरहेका छन् । महिला सेलका अनुसार आव २०७७–७८ को तथ्याङ्कअनुसार जिल्लामा हालसम्म दर्ता भएका उजुरीमध्ये ३८८ घटनाउपर मिलापत्र भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.