केपी कदम विरूद्व माइतीघरमा नागरिक समूहले बजायो ‘डम्फू’

केपी कदम विरूद्व माइतीघरमा नागरिक समूहले बजायो ‘डम्फू’

काठमाडौं । संसद् विघटनविरुद्ध नागरिक समूहले‍ माइतीघरमा डम्फू बजाएको छ ।

साताव्यापी विरोध कार्यक्रम स्वरुप सोमबार विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकले डम्फू बजाएर प्रदर्शन गरेका हुन । ओलीको कदमलाई गैरसंवैधानिक भन्दै माइतीघर मण्डलमा शंख फुकेर पनि प्रदर्शन गरिएको थियो।

प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो कदम जनविरोधी ‘कू’ भएको भन्दै समूहले प्रतिगमनतर्फको क्रुर मोड भएको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.