भर्खरै : Sorry, your browser does not support inline SVG.

सम्यक महादान पर्व औपचारिकतामा सीमित हुने

सम्यक महादान पर्व औपचारिकतामा सीमित हुने

भक्तपुर। थथुबही परिसरमा मनाइने सम्यक महादान पर्वसँग सम्बन्धित सरोकारवालाहरूसँगको छलफलले यो वर्ष औपचारिकतामा सिमित गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीलाई मध्यनजर गरी २०७७ माघ १ गते मनाइने सम्यक महादान पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरेको हो । बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले भीडभाड हुने गतिविधि तत्काल नगर्नु उपयुक्त हुने भन्दै यस वर्षको पर्व औपचारिकतामा सीमित गर्नु उचित भएको बताए ।

BKTकोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाले गरिरहेको गतिविधिबारे अवगत गराउँदै उनले नेपाल सरकारको स्वीकृतिमा भक्तपुर नपाले एच.डी.यु. सञ्चालन गर्ने तयारीमा जुटिरहेको बताए । उपस्थित सम्यक महादानसँग सम्बन्धित सरोकारवालाहरूले सम्यक महादान पर्व सामान्य पूजाआजामा सीमित गर्न सहमत भएको बताए ।

यो पर्व भक्तपुरमा प्रत्येक वर्ष, ललितपुरमा हरेक ५ वर्षमा र काठमाडौंमा १२ वर्षमा मनाइने परम्परा रहेको छ । छलफलमा प्रशन्नशील महाविहार क्वाठण्डौ, मंगल धर्मदीप महाविहार झौरबही, चर्तुब्रम्ह महाविहार दरबार क्षेत्र, बौद्ध समंकृत विहार कुथुबही र जयकृति महाविहार थथुबहीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.