भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माओवादी केन्द्रविरुद्ध उजुरी हाल्नु भनेकाे बादल मण्डलीले आमामाथि अन्याय गर्नु होः युवा नेता मिलन

माओवादी केन्द्रविरुद्ध उजुरी हाल्नु भनेकाे बादल मण्डलीले आमामाथि अन्याय गर्नु होः युवा नेता मिलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)लाई अवैधानिक भनेर निर्वाचन आयोगमा जानु बादल मण्डलीको कुनै तुक नभएको युवा नेता तुलसी डागी मिलनले बताएका छन् ।

हजारौं योद्धाको सपना लत्याएर व्यक्ति स्वार्थमा लागेर आज माओवादीलाई नै अवैधानिक भनेर खारेज गर्नु पर्छ भन्नु बादल मण्डलीले आमालाई बलात्कार गरे सरह हो भन्दै नेकपा (माओवादी केन्द्र) का युवा नेता डागीले आक्रोष व्यक्त गरेका छन् ।

माओवादी बाट व्यक्ति स्वार्थ पुरा गर्ने बेलामा गर्ने, जुन पार्टीका कारण अहिले सम्म सबै अपरचुनिटी लिन तल्लीन रहे, जुन पार्टीकाे बुइ चढेर बादलले स्वार्थ पूर्ती गरे, अहिले त्यही पार्टी विरूद्व जाइलाग्नु भनेकाे कतै दिमागमा समस्या त छैन ? भन्ने जनसमुदायमा चर्चा भएकाे डागीले बताए ।

माओवादी छोडेर एमालेमा लागेका नेता रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी, प्रभु शाह, मणिचन्द थापालगायतले नेकपा माओवादी केन्द्रलाई अवैधानिक भन्दै असार २३ गते निर्वाचान आयोगमा पुगेर दल खारेजीको निवेदन दिएका थिए ।

२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा नेतृत्वको उक्त टोलीले उजुरी दिएको हो ।

सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । जसका कारण उनीहरुको सांसद पद समेत गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.