एमाले विवादः कार्यदल बैठकले अन्तिमरूप दिदै

एमाले विवादः कार्यदल बैठकले अन्तिमरूप दिदै

काठमाडौँ । नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यादलको बैठक सहमति नजिक नजिक पुगेको छ । अन्तिमरुप दिन आज पनि कार्यदल बैठक बस्दैछ । बैठकले समझदारी कायमका लागि दस्तावेज सार्वजनिक गर्ने बताइएको छ ।

आज बस्ने बैठकले एकताको सन्देश दिने दाबी कार्यदल सदस्यले गरेका छन् । समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई अब बस्ने बैठकमा औपचारिता दिन मात्र बाँकी रहेको कार्यदलका सदस्य गोकर्ण विष्टले बताए ।

दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने नेता डा.भीमबहादुर रावलले बताए । ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्  ।

यता माधवकुमार नेपालका तर्फबाट भिम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

 


Thali Mobile Pvt.Ltd.