भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

माघीमा स्थानीय तहकाे बेग्लै नियम, थारूसमुदायमा छायाे राैनक

माघीमा स्थानीय तहकाे बेग्लै नियम, थारूसमुदायमा छायाे राैनक

काठमाडौं । माघीपर्वको अवसरमा स्थानीय तहले आ–आफ्नै तवरले बिदा दिएका छन् । कतिपयले दुई त केही पालिकाले तीन दिन बिदा दिने निर्णय गरेका छन् ।

यसैबीच कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले दुई दिन अर्थात् १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् भने कैलारी र जोशीपुर गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेका छन् । सरकारले माघ १ गते सार्वजनिक बिदा दिएको निर्णय सार्वजनिक गरिसकेका बेला केही पालिकाले थप एक वा दुई दिन बिदा दिने निर्णय गरेका हुन् ।

भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले २ गतेसम्म बिदा दिएका छन् भने कैलारी र जोशीपुर गाउँपालिकाले तीन दिन बिदा दिएको छ ।

कैलारी गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले बताए ।

त्यस्तैजोशीपुर गाउँपालिकाले भने १, २ र ४ गते बिदा दिएको गाउँपालिकाका अधयक्ष रामकृष्ण चौधरीले बताए । थारू बाहुल्यता भएका क्षेत्रमा थारू समुदायले माघीमा तीन दिन बिदा दिनुपर्ने माग गरेका थिए । थारू समुदायमा माघीको अवसरमा गाउँमा बडघर भल्मन्सा छनोट गर्ने, गाउँमा अर्को वर्ष गरिने कार्यको वार्षिक योजना बनाउने काम हुन्छ ।

यसका साथै समुदायका समस्याबारे छलफलसमेत हुने भएकाले यो पर्व महत्वपूर्ण रहेको छ । घर छुट्टिनेहरुको भागबण्डासमेत हुने चलन पनि यो पर्वसँग जोडिएको छ । धार्मिक, पारिवारिक र सामाजिक महत्व जोडिएकाले यो पर्वलाई थारुसमुदायले अझ विशेषरुपमा मनाउने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.