काठमाडौँ । नेकपा एमालेको खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ ।
ललितपुरको सानेपास्थित एक होटलमा जारी भेला आज साँझ ५ बजे सकिँदै छ । पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल पक्षधरहरुले भेला आयोजना गरेका हुन् ।
भेलाले आगामी रणनीति पनि तय गर्ने तयारी गरेको छ । तीन महिने अभियान लिएर तल्लो तहसम्म जाने कार्यक्रम पारित गर्ने तयारी भएको माधव पक्षले जनाएको छ । भेलामा २ हजार हाराहारी नेता कार्यकर्ता सहभागी भएका छन् ।
