भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

‘मानवअधिकार संरक्षण’ सम्मेलन काठमाडाैमा

‘मानवअधिकार संरक्षण’ सम्मेलन काठमाडाैमा

काठमाडौंमा हुने ‘आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षण’ विषयक अन्तराष्ट्रिय सम्मेलनको सबै तयारी पूरा भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी तयारी पुरा भएकाे जनाएकाे हाे । सम्मेलनमा मानवअधिकारका लागि विश्वव्यापी सञ्जालका प्रमुख, केन्या, मलेसिया, माल्दिभ्स, मंगोलिया, दक्षिण अफ्रिकाका मानवअधिकार आयोगका प्रमुखहरु उपस्थित हुने जनाएको छ ।

सम्मेलनमा कतारका मानवअधिकार आयोगका उपाध्यक्ष, बंगलादेश, भारत, थाइल्यान्डलगायतका देशका मानवअधिकार संस्थाका आयुक्तहरु, सरकारी, गैरसरकारी निकाय, नागरिक समाजलगायतका ६२ जना अन्तराष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायत विभिन्न सरकारी निकाय, वैदेशिक रोजगार व्यवसायी संघ तथा विज्ञहरुसहित ४५ जना राष्ट्रिय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने पाठकले बताए ।

 


Thali Mobile Pvt.Ltd.