भर्खरै : Sorry, your browser does not support inline SVG.

मानव अधिकार हननका १२० घट्ना

मानव अधिकार हननका १२० घट्ना
भक्तपुर । भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका १२० वटा घट्ना घटेका छन् । इन्सेकले आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२३ जनवरीदेखि जुनसम्म भएका मानव अधिकार हननका घट्नाको उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
घट्नाको तथ्यांक सार्वजनिक गर्दै यस ६ महिनाको अबधीमा एक जनाको हत्या, चार जनाको हत्या प्रयास, २१ जनाको बलात्कार, २ जना बलात्कार प्रयास, बाल यौन दुव्र्यबहारबाट ५ जना र बहुबिवाहबाट २ जना पीडित भएको इन्सेक भक्तपुरले जनाएको छ ।
त्यस्तै अभद्र व्यबहारबाट ५१ जना महिला, घरेलु हिंसाबाट ३२ जना महिला,  आत्महत्या दुरुत्सानमा २ जना पीडित भएको इन्सेक भक्तपुरका प्रतिनिधि रमेश गिरीले बताए । राज्य आफैले नयाँ प्रकृतिको हिंसा गरिरहेको भन्दै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापाले राज्य नै नीतगत हिंसामा लागेको जिकिर गरे ।
इन्सेकले मानव अधिकारको क्षेत्रको अन्वेषण दायरालाई फराकिलो पार्नुपर्ने भन्दै उनले भने, “राज्यनै हिंसा गर्दैछ, राज्य प्राकृतिक दोहण गर्दै मानवीय संकट निम्त्याउदै छ, मंहगी बढाएर बाँच्न मुश्किल बनाउदैछ, यस्ता अधिकारका विषयलाई पनि इन्सेकले मानव अधिकार भित्र समेटेर लैजानु पर्छ ।”
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव अधिकार आयोग गठन गरेर सुक्ष्म निगरानी गरिरहेको बताए । राज्यले समायनुकुल ऐन, कानूनलाई परिमार्जन गर्दै लैजानु पर्ने औल्याए ।
रिजालले भने, “२० वर्ष नभई बिवाह गर्न कानूनले दिदैन, अहिलेको समयमा १४ वर्षमै मेचुअड देखिन्छन्, त्यसरी बिवाह भए जन्मेका बच्चाको अधिकार के हुने, बहुबिवाह दर्ता हुदैन तर उनीहरुबाट जन्मेका बच्चाको अधिकार के हुने भन्नेबारेमा राज्य स्पष्ट हुनु पर्छ, बिवाह गर्ने उमेर पनि अब घटाउनु पर्छ, यस्ता विषयमा इन्सेकले राज्उलाई सुझाब दिनुपर्छ ।”
शान्ति सुरक्षा र मानव अधिकारको रक्षा गर्न प्रहरी र प्रशासनलाई समुदायका प्रत्येक नागरिक बिना पोशाकका प्रहरीको भूमिका निर्वाह गर्ने र राजनीतिक दलले आफ्ना प्रत्येक युवा कार्यकर्तालाई यसबारेमा सचेतना जगाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा भक्तपुरका डिएसपी बसन्त पाठकले साईबर क्राइम र लागू औषधका कारण अपराध बढिरहेको बताए । मानव अधिकार हनन हुन नदिन प्रहरी संवेदनशिल रहेको भन्दै समुदायसँग साझेदारी गर्दै घट्ना नियन्त्रणमा प्रहरी लागिरहेको बताए ।
त्यसअवसरमा नेपाल बार एशोसियन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधान, मानव अधिकारकर्मी युवराज घिमिरे, गैसस भक्तपुरका उपाध्यक्ष एवं सिविसका महासचिव अनिता पाण्डे, पत्रकार महासंघ भक्तपरका अध्यक्ष जगत प्रजापति, मानव अधिकार एलाइन्सका अध्यक्ष पुरुषोत्तम श्रेष्ठलगायतले इन्सेकले मानव अधिकारका घट्नाको अबस्थाको तथ्यांक संकलन र राज्यलाई सुझाब दिने विषयमा दायरा फराकिलो बनाउँनु पर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक एसपी प्रकाश आचार्य, शसस्त्र प्रहरी बल दुवाकोटका डिएसपी राममणी पौडेल, नेपाली सेनाका इन्द्र बक्स गण भक्तपुरका मेजर काजी बोहरालगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि एवं पत्रकार र मानवअधिकारकर्मीको सहभागिता रहेको थियो । प्रमुख अतिथि लगायत अतिथिहरुलाई मानव अधिकार वर्ष पुस्तक २०२३ समेत हस्तान्तरण गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.