मानव समाज र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध छ : मेयर प्रजापति

मानव समाज र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध छ : मेयर प्रजापति

भक्तपुर । विश्व वतावरण दिवसको अवसरमा भक्तपुर नगरपालिकाले सरसफाई गरेको छ । आइतबार भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाज्या पुखुमा सरसफाई गरि विश्व वातावरण दिवस मनाइएको हो । दिवसका अवसमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउदै यिनीहरुको संरक्षण गर्दै वातावरणीय सन्तुलयन कायम गर्नु हाम्रो साझा कर्तव्य भएको बताए ।

उनले काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगाधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाई गरी मनाउने सिथि नखः चाड आफै पनि वैज्ञानिक पर्वको रुपमा रहेको बताउदै नयाँ पुस्तालाई यहाँको सम्पदाप्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।

भक्तपुर नगरपालिकाले विगतका दिनहरुमा सञ्चालन गर्दै आइरहेको पाक्षिक सरसफाई कार्यक्रममा स्थानीय जनताको समेत उल्लेखनीय सहभागिता रहने गरेको बताउदै नपाको हरेक गतिविधिलाई जनताकै सहयोग र सहभागितामा गर्न सके फाइदाजनक हुने बताए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नेवार समुदायले मनाउँदै आएको सिथि नखः पर्व आफैमा पानीको मुहान सरसफाई गर्ने पर्वको रुपमा रहेको बताउदै सामूहिक प्रयासबाट हुने कामबाट व्यापक जनताकै हित हुने बताइन । भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिकाका कर्मचारी, ख्वप कलेज वातावरण संकायका विद्यार्थी, बासु कलेज कृषि विषयका विद्यार्थी, स्थानीय युवा, विद्यार्थी, किसानलगायतको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.