मार्मिक कथा – ‘जीवन संगिनीको विदाई’

मार्मिक कथा – ‘जीवन संगिनीको विदाई’

मान्छे गई सके त्यसको महत्व थाहा हुने गर्दछ । पत्नी छ त संसारमा सबै छ । एउटा राजाको जस्तो जीवन बिताउन पाऊँदा र आज संसारमा आफ्नो टाउको उच्च राख्न पाऊँदा आफ्नो बूढीलाई धन्यवाद दिनुहोस । तपाईंको बिना कारणको रिसलाई उनले सधैं ह्यान्डल गर्छिन् । तपाईंको खुशीमा खुशी र तपाईंको दुःख़मा दुःखी हुन्छिन् । तपाईं शनिबार ढिलो उठ्नु हुन्छ तर उनको कुनै शनिवार वा चाडपर्व हुँदैन ।

चिया ल्याउ, खाना ल्याउ । यो यस्तो छ, त्यो त्यस्तो छ, यो भएन त्यो किन गर्यौ !

कहिले बुद्धि आऊला तिमीलाई ?

सधैं यसरी कराउनुहुन्छ पत्नी माथि । उनीसँग पनि बुद्धि छ, र त्यसैले त तपाईं जीवित हुनुहुन्छ । अन्यथा कसैले तपाईंलाई संसारमा पत्याऊँदैन ।

अब यो अवस्थालाई कल्पना गर्नुहोस्:

एक दिन पत्नी अचानक रातमा बित्छन !

घरमा चारै तिर आफन्तहरु रोइरहेका छन् । पत्नीको अन्तिम दर्शन चलिरहेको छ । त्यतिखेर पत्नीको आत्माले जाँदा जाँदै जे भनिन्, त्यसको वर्णन :

“म जाँदैछु, अब हाम्रो भेट फेरि कहिल्यै हुने छैन । हाम्रो विवाह भएको दिन, हामीले एक अर्कासँग जीवनभरी साथ रहने बाचा गरेका थियौं, तर मलाई थाहा थिएन कि यसरी अचानक एक्लै पनि जानु पर्दो रहेछ । मलाई माफ़ गर्नुहोला । मेरो शरीरलाई हाम्रो आंगनमा छोड़ेर जाँदैछु, मलाई धेरै पीडा भई रहेको छ तर म बाध्य छु । जाने मन त छैन तर म केही गर्न सक्दिन ।

छोरा र बुहारी रुँदै छन् । म यो देख्न सक्दिन र तिनीहरूलाई सान्त्वना पनि दिन सक्दिन । नातिले बा बा गरिरहेको छ, उसलाई शान्त गर, केही ध्यान दिनुभा छैन हजुरले पनि । हो, तपाईं पनि मुटु बलियो राख्नुहोस् । अहिले हाम्री छोरी पनि ससुरालीबाट आउँदै होली, मेरो मृत शरीर देखेर धेरै रुनेछ, त्यतिबेला उसलाई सम्हाल्नु र शान्त गर्नु, र तपाईं पनि कत्ति नरुनु ।

जसको जन्म भई सक्यो त्यसको मृत्यु निश्चित हुन्छ । जो पनि यस संसारमा आयो त्यो यहाँबाट माथि गएकै छ । बिस्तारै मलाई बिर्सनुहोला, मलाई धेरै नसम्झिनुहोला । अब म बिना जीवन बाँच्ने बानी चाँडै बसाल्नुहोला । तपाईंले यस जीवनमा मेरो भनेको त कहिल्यै मान्नु भएन, तर अब जिद्दी छोड्नुहोला र व्यवहारमा नम्र हुनुहोला । तपाईंलाई एक्लै छोडेर जाँदा म धेरै चिन्तित छु, तर म असहाय छु ।

तपाई बीपी र शुगरको रोगी हुनुहुन्छ त्यसैले गल्तीले पनि मीठो नखानुहोला अन्यथा समस्या हुनेछ । बिहान उठ्ने बित्तिकै औषधी लिन नबिर्सनु होला । बिहानको चिया ढीलो पाईयो भने बुहारीमाथि न रिसाउनुहोला । अब म छैन यो बुझेर बाँच्न सिक्नुहोला । छोरा र बुहारीले केहि भन्छन् भने चुपचाप सुन्नुहोला, कहिले नरिसाउनुहोला । सधैं मुस्कुराउनुहोला, कहिले दु:खी नहुनुहोला ।

नातिसँग खेल्दै गर्नुहोला । आफ्ना साथीहरूसँग समय बिताउनुहोला । अब अलिकता धार्मिक जीवन बिताउन तिर लाग्नुहोला ताकि जीवनलाई संयमित गर्न सकियोस् । मेरो समझना आयो भने चुपचाप रोई दिनुहोला तर कहिल्यै कमजोर नहुनुहोला । मेरो रुमाल कहाँ छ, मेरो चाबी कहाँ छ, अब यसरी नचिच्याऊनुहोला । आफ्नो सबै चीज ठाऊँमा राख्ने र याद गर्ने बानी बनाउनुहोला । बिहान र साँझ नियमित रूपमा औषधी लिनुहोला ।

बुहारिले खाने कुरा जे दिए पनि मायाको साथमा खानुहोला, नरिसाउनुहोला । मलाई मिस गर्नुहोला तर कमजोर नहुनुहोला । बुढेसकालको लट्ठी नभुल्नुहोला र बिस्तारै हिड्नुहोला । यदि तपाई बिरामी हुनुभयो र ओछ्यानमै रहनुभयो भने, कसैले पनि सेवा दिन मन पराउँदैन, त्यसैले बिहान बेलुका एक दुई किलोमीटर हिंड्ने बानी बसाल्नुहोला । साँझमा, सुत्नु अघि एक लोट्टा पानीको बुहारीसँग मागी हाल्नुहोला । तिर्खाएको बेला पानी पिउनुहोला । राती उठ्नु परेमा बत्ती अथवा टर्च बालेर नै उठ्नुहोला, नत्र अन्धकारमा चोट लाग्न सक्छ, यसबारे ख्याल राख्नुहोला ।

विवाह पछि, हामी धेरै मायालुका साथ बस्यौं । परिवारमा फूलहरू जस्ता बच्चाहरू छन् । अब तीं फूलहरुको सुगन्ध मैले महसूस गर्न सक्ने छैन ।

“उठ्नुहोस्, बिहान भई हाल्यो” भनेर अब कसैले भन्ने छैन । अब आफै उठ्ने बानी बसाल्नुहोला र कसैको प्रतीक्षा नगर्नुहोला ।

र हो …. मलाई माफ गर्नुहोला, एउटा कुरा मैले तपाईसँग लुकाएकोमा ।

तपाईलाई नसोधि-नभनी मैले धेरै वर्ष पहिला राष्ट्रीय वाणिज्य बैंकमा बचत खाता खोलेकी थिएँ अब त्यसमा २१ लाख रुपैयाँ जम्मा भई सकेकाे छ । मेरो हजुरआमाले सिकाउनु भएको थियो यसो गर्न । तपाईले घरखर्चको लागि दिएको पैसाबाट एक एक रुपैयाँ संकलन गरेर जम्मा गरेकी हुँ । यसमध्येबाट बुहारीलाई पाँच लाख र छोरीलाई पाँच लाख दिनुहोला । बाकी एघार लाख रुपैयाँ तपाईंको खातामा राख्नुहोला आफ्नो लागि । परमेश्वरको उपासना र पूजा गर्न नबिर्सनुहोला । हामी अब फेरी कहिल्यै भेट्ने छैनौ !

यदि मैले कुनै गल्ती गरेकी रहेंछु भने मलाई माफ गर्नुहोला …। मलाई जान देउ… !

 

 


Thali Mobile Pvt.Ltd.