रक्तिम दैलेखी/काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिताका प्रतियोगि नेवार सुन्दरीहरुलाई भिलेज हाइल्याण्ड रिर्सोट भक्तपुरमा स्वागत गरिएको छ । होटल संचालक तथा पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्ड बागमती प्रदेशका आन्तरिक पर्यटन पुनरुत्थान समिति सदस्य रामसुन्दर बकेले नेवारी कल्चर झल्काएको भन्दै उनीहरुलाई भादगाउँले टोपीसहित मंगलबार स्वागत गरेका हुन ।


१५ औं संस्करणका प्रतियोगि नेवा सुन्दरीहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्दै नेवार समुदायको पहिचान झल्काएको भन्दै होटल भिलेज हाईल्याण्ड रिर्सोटमा भव्य स्वागत गरिएको हो । मिस नेवाः नेपाल ट्यालेन्ट शोका १५ जना सुन्दरी र पूर्व मिस नेवा सुन्दरीहरुको सहभागिता रहेको स्वागत कार्यक्रममा आयोजकको पनि उपस्थिति रहेको थियो ।
प्रतियोगिताको ग्रान्डफिनाले भने आगामि फागुन ७ गते नेपाल एकेडेमी हलमा हुने नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ कैलाश खबरलाई बताए ।

