विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो बर्खास्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन् ।
संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई पदमुक्त गरेको प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए । नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेकै बेला उनी बर्खास्तमा परेका छन् ।
ओली समूहका मुख्यमन्त्री राईले पूर्व माओवादी खेमाका आङ्बो प्रचण्ड–नेपाल पक्षमा थिए ।
