भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

मुख्यमन्त्री राउतद्वारा विवाहपञ्चमी महोत्सवका अवसरमा शुभकामना

मुख्यमन्त्री राउतद्वारा विवाहपञ्चमी महोत्सवका अवसरमा शुभकामना

प्रदेश २ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा जारी गरिएको सन्देशमा त्रेतायुगमा माता सीता र भगवान् श्रीरामको विवाह भएको संस्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी तथा महोत्सवमा सहभागी हुन जनकपुर आएका श्रद्धालु भक्तजनप्रति शुभकामना व्यक्त गरिएको उल्लेख छ ।

मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाई पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा वर्षेनी मार्ग महिनाको शुक्लपक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ ।

सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्लपञ्चमी तिथिमा श्रीराम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ । उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने परम्परा छ । रासस

 


Thali Mobile Pvt.Ltd.