भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

रसुवामा गरीब घर पहिचान विवरण

रसुवामा गरीब घर पहिचान विवरण

रसुवा । चिसोका कारण कठ्याङ्ग्रिने क्षेत्रका बासिन्दालाई न्यानो कपडा वितरण गर्न गरीब घर परिवारको पहिचान र विवरण लिने कार्य सम्पन्न गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरिब जनतालाई चिसोबाट जोगाउने सरकारको नीति कार्यान्वयन गर्दै रातको समयमा ओढ्ने न्यानो कपडा कम्बल वितरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट विवरण सङ्कलन गराउने काम सम्पन्न गरेको हो । उत्तरी रसुवामा निकै चिसोपन बढेको र फाट्टफुट्ट वर्षा हुँदासाथ हिमपात हुने सम्भावनालाई मध्यनजर राख्दै जुन स्थानीयवासीले खरिद गर्न सक्दै त्यस्ता गरिब परिवारलाई दिनको समयमा आगो ताप्न लाङटाङ राष्ट्रिय निकुञ्ज एवं जिल्ला वन कार्यालय रसुवामार्फत दाउरा उपलब्ध गराउने व्यवस्था मिलाइ सकिएको छ ।

रातको समयमा सुत्न आवश्यक पर्ने तातोलुगा र कम्बल वितरणका लागि पूर्वतयारीको विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । स्थानीय तहमार्फत सङ्कलन गरिएको विवरणमा ६३३ को नामावली प्राप्त भएकाले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट प्राप्त नामावली यकिन गर्ने कामसमेत अगाडि बढाई न्यानो कपडा र कम्बल खरिदको रकम निकासा गर्न गृहमन्त्रालयमा अनुरोधपत्रसमेत पठाइ सकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । पुस महिनाको प्रारम्भसँगै समुद्री सतहदेखि एक हजार ८०० मिटरभन्दा माथिका भागमा पानी जम्न थालिसकेको कारण स्थानीयवासीले घरआँगनमा आगो बालेर ताप्न थालिसकेका छन् ।

चिसोको असरले कालिका गाउँपालिकाको स्याउबारी, राम्चे तथा ग्राङ नौकुण्ड गाउँपालिकाको यार्सा, सिङ्बन्दी, चोरेचो, गाङभर, गोसाइँकुण्ड गाउँपालिकाको ठाडे, धुञ्चे, नागुङ, भार्खु, ठूलोस्याफ्रु, लाङटाङ, बृद्विम, ब्राबल, टिमुरेको खैदी, थुमन क्षेत्र हिमपातको समयमा बढी प्रभावित हुुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । यसैगरी उत्तरगया गाउँपालिकाको तिरू, मरूम्राङ एवं आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, गतलाङ, ग्रे, गोल्जुङ, सिम्बु, टेचाङ्दे, तातोपानी पाजुङलगायतका स्थानमा भारी मात्राले हिमपात हुने स्थानीयवासीले विगतको यथार्थ अनुभव बताएका छन् ।

हिमापात भएको बेला पैदलमार्गसमेत चिप्लो हुने भएकाले जोखिम अवस्थामा अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न, बालबालिका र ज्येष्ठ नागरिकलाई घरभित्रको तातो स्थानमा राख्न, तातोतातो खानेकुरा खाना खुवाउन, न्यानो लुगा प्रयोेग गर्न गराउन, घरभित्र आगो बाल्दा झ्याल वा ढोका दुईमध्ये एक खुल्ला राख्न र उद्धारका लागि सहयोग आवश्यक परेमा जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्नसमेत अनुरोध गरिएको प्रजिअ पन्तले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.