भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

व्यवसायिक मूला खेतीबाट करिब ४ करोड आम्दानी हुने अनुमान

व्यवसायिक मूला खेतीबाट करिब ४ करोड आम्दानी हुने अनुमान

सिन्धुली । सिन्धुलीका किसानहरुले मूला खेतीबाट मन्य आम्दानी गरेका छन् । आईरन र कार्बोहाईड्रेड अधिकतम रूपमा पाईने मूला मानव शरीरको लागि फाईदा हुने भएकाले यहाँका किसानहरुले मूला खेती गरि मनग्य आम्दानी गरेका हुन । सिन्धुलीमा मिनअर्ली, ह्वाईटनेक, चालिसे, चेतकी र तोकीनासी जातका मूलाहरु उत्पादन हुने गरेको जनाइएको छ ।

सिन्धुलीको कमलाखोंच, सुनकोशी र गोलन्जोर लगायतका विभिन्न स्थानहरूमा यस वर्ष गरिएको मूलाको व्यवसायिक खेतीबाट करिब ४ करोड आम्दानी हुने अनुमान समेत गरिएको छ । विगत परम्परागत रूपमा गरिने अन्न बालीको तुलनामा व्यवस्थित रूपमा गरिने मूला खेतीले बढी आम्दानी हुने र जीविकोपार्जनमा समेत सहज भएको स्थानीय कृषको भनाई छ ।

सिन्धुली जिल्लामा उत्पादन भएका मूला सदरमुकाम सिन्धलीमाडी र भिमान जस्ता बजारहरूमा बिक्री वितरणका लागि पु¥याइने गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.