भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

मूल्य बढेको बढ्यै तर, आयल निगम घाटाको घाटामै

मूल्य बढेको बढ्यै तर, आयल निगम घाटाको घाटामै

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनिघाटा न्यूनीकरण हुन नसकेको आयल निगमले जनाएको छ।

अन्तराष्ट्रिय बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण घाटा न्यूनीकरण गर्नमा चुनौती थपिएको निगमको प्रवक्ता विनितमणि उपाध्यायले कैलाश खबरलाई बताए ।

आइओसी (इन्डियन आयल कर्पोरेशन) ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको उनको भनाइ छ । पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो ।

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर ७ रुपैयाँ २४ पैसा, मट्टितेलमा प्रतिलिटर ८ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ ४८ पैसा बढेको निगमले एलपी ग्यासमा प्रतिसिलिण्डर ८१ रुपैयाँ ६२ पैसा घटाएको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु तीन रुपैयाँले वृद्धि गरेको हो । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ ।

नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेल प्रलिलिटर रु १२५ तथा पेट्रोल प्रतिलिटर रु १४२ पुगेको छ । पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो । एलपी ग्यासको मूल्य यथावत राखेको निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु ११६ पुर्‍याएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढाए पनि निगमले भने अझै मासिक साढे चार अर्ब घाटामा रहेको जनाएको छ । आगामी १५ दिनमा पेट्रोलमा रु ४३ करोड, डिजेलमा रु एक अर्ब एक करोड र एलपी ग्यासमा करिब रु एक अर्ब घाटा हुने उपाध्यायले बताए ।

पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट दुई करोड, हवाई इन्धन तीन करोड र हवाई इन्धन १६ करोड नाफा हुने निगमले आकलन गरेको छ । मूल्य समायोजन पछि पनि इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता रहेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए।

प्रतिमहिना रु ५ अर्ब ऋण लिनुपर्ने अवस्था रहेको कार्कीको भनाइ छ । निगमले गत साता सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेको थियो । निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले प्रदर्शन गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.