मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु

मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु

१९ साउन २०७७ जनकपुरधाम । सर्लाहीमा श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका(४ बस्ने ४० वर्षीया सन्जु देवी राम रहेकी छन् ।

प्रहरीका अनुसार हरिपुर नगरपालिका(४ हरैयास्थित मलंगवा(नवलपुर सडकखण्डमा श्रीमान नागेन्द्र रामले चलाएको बा ९ प ९९३५ नम्बरको मोटरसाइकलको पछाडिबाट खस्दा उनी गम्भीर घाइते भएको थिइन् ।

घाइते सन्जुलाई उपचारका लागि वीरगंज पठाउने क्रममा उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.