भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अधिकृतसहित २ जना अख्तियारको नियन्त्रणमा

अधिकृतसहित २ जना अख्तियारको नियन्त्रणमा

१९ साउन २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ ।

बा.२ झ. १८७३ नं. को गाडीमा स्रोत नखुलेको रकम लिएर यात्रा गरिरहेको सूचनाको आधारमा बुटवलबाट खटिएको आयोगको टोलीले उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

उनीहरुको साथबाट स्रोत नखुलेको ३ लाख ४८ हजार नगद र विभिन्न मितिको ५ लाख ५० हजारको बैङ्क भौचर बरामद भएको प्रवक्ता अधिकारीले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.