काठमाडौं । युक्रेनको बख्मुट सहरमा लड्न गएका रुसी भाडाका सैनिक वाग्नर ग्रुपका २० हजार सेना मारिएका छन्। झण्डै एक महिनासम्म चलेको युद्धमा आफ्नो समूहका २० हजार सैनिक मारिएको वाग्नर ग्रुपका संस्थापक यभ्गेनी प्रिगोजेनले बताएका छन। उनले युक्रेनविरुद्ध लड्न वाग्नर ग्रुपमा झण्डै ५० हजार कैदी सहभागी गराइएको र त्यसमध्ये २० हजार बढी बख्मुटमै मारिएको बताएका हुन्।
यस्तै रुसी राजनीतिक रणनीतिकार कन्स्टनटिन डोल्गोभले पनि बख्मुटमा झण्डै २० हजार सैनिक मारिएको बताएका छन्। यसै हप्ता रुस र वाग्नर ग्रुपले बख्मुट आफूहरुले नियन्त्रणमा लिएको दाबी गरेका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बख्मुट कब्जामा लिएको भन्दै सैनिकलाई बधाइसमेत दिएका थिए। तर युक्रेनले लडाईँ जारी रहेको भन्दै रुसी दाबी झुठो रहेको बताएको थियो।
अधिकारीहरुका अनुसार बख्मुटमा अझै लडाईँ जारी छ। बख्मुटमा ठूलो सैन्य क्षति भएपछि रुसी सेना, रुसी रक्षामन्त्री र राष्ट्रपतिको समेत चर्को आलोचना भइरहेको अलजजिराले जनाएको छ।
त्यस्तै यता पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले कसैको दमनले पीटीआईलाई नष्ट गर्न नसक्ने दाबी गरेका छन्।

मन्त्रालयले खानको पाटीपीटीआईमाथि प्रतिबन्ध लगाउन सक्ने सम्भावना बढेपछि देशबासीका नाममा सम्बोधन गर्दैआफ्नो पार्टीविरुद्ध भएको व्यवहारले पीटीआइको लोकप्रियता बढाउने बताए। खानले नष्ट गर्न चाहनेहरूले देशलाई सखाप पार्न खोजीरहेको आरोप लगाए।
उनले देशको आर्थिक संकटका बारेमा रोडम्याप नभएकाले देश डुब्दै गएको जिकिर गरे। इमरान खानले आफूले एउटा समिति बनाउन लागेको र त्यो समितिले आफूसँग ‘सत्तामा जोसुकै भए पनि’ कुरा गर्न चाहेको बताए। इमरान खानले आफ्ना समर्थकहरूलाई यो दासत्व स्वीकार गर्नुभन्दा मर्ने र अन्त्यसम्म लड्ने बताएका छन्।
पाकिस्तानको रक्षा मन्त्रालयले सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई० लाई प्रतिबन्ध लगाउने विचार गरिरहेको जनाएको थियो। लगत्तै खानको यस्तो प्रतिक्रिया आएको हो।
