दाङ । घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला गम्भीर घाइते भएकी छन् । अज्ञात व्यक्तिले घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरेलु हतियार प्रहार गरी लुटपाट गरेका छन् ।
घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । अन्धाजी ३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा शरीरका विभिन्न भागमा प्रहार गरेको बताइएको छ ।
रोकाको ढाई तोलाको सुनको सिक्री र मोबाइल फोन लुटपाट गरी फरार भएका व्यक्तिको खोजी कार्य तीब्र पारिएको एसपी वलीले बताए । माइली छोरीसँग घरमा बस्दै आएकी मगर घरमा एक्लै भएको मौका छोपेर उक्त घटना घटाएको देखिएको छ ।
कर्णाली प्रदेशबाट प्रहरीले कुकुर ल्याएर घटनाको अुनसन्धान गरिएको छ । प्रहरीले रातिदेखि नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको छ ।
